हेटौंडा भेट्रान्स विजयी

काठमाडौं । नागस्वती भेट्रान्स क्लबले आयोजनामा जारी प्रथम नागस्वती भेट्रान्स रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको आइतबार बिहान भएको खेलमा हेटौंडा भेट्रान्स क्लब विजयी भएको छ ।
खेलको १९ औ मिनेटमा हेटौंडा भेट्रान्सका तर्फबाट अजय मानन्धरले गरेको गोल नै निणायक गोल हुन सफल भएको थियो । खेलमा हेटौंडा भेट्रान्सका नवराज बज्राचार्य उत्कृष्ट खेलाडी हुँदै म्यान अफ द म्याच हुन सफल भएका थिए । आइतबार ५ खेल हुने आयोजकले जनाए पनि वर्षातको कारण आईतबार बिहान चितवन भेट्रान्स र जोरपाटी भेट्रान्स बीच हुने भनिएको खेल दिउसो १ बजेलाइ सारिएको बताइएको छ ।
यस्तै तेश्रो खेल दिउँसो २ बजे काल भैरव भेट्रान्स र अभिषेक चर्च भेट्रान्स नवलपरासी बीच हुनेछ । चौथो खेल भने कोटेश्वर ११ भेट्रान्स र सिमरा भेट्रान्सबीच हुनेछ र पाँचौ खेल ठमेल चिया पप भेट्रान्स र वीरगञ्ज सिटी भेट्रान्स बीच हुने तालिका रहेको छ । खेलमा विधागत नगद पुरस्कार तथा खेल अवधिभर उत्कृष्ठ खेल्ने एकजना खेलाडीलाई ५० हजार नगद पुरस्कार रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा देशभरका ४० वर्ष माथी उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरुको १७ समूहको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको अध्यक्ष सोमबहादुर तितुङले बताए ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)