बार्सिलोनाको सहज जित
आइतबार, १९ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३-० गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा राफिन्हा, रोबर्ट लेवान्डोस्की र एरिक गार्सियाले एक एक गोल गरे ।
खेलको २१ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए ।
खेलको ३६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ५० औं मिनेटमा गार्सियाले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।
जितसँगै बार्सिलोनाले ४ खेलमा १० अंक जोडेको छ ।
बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।
सेभिया १ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
बार्सिलोनाको सहज जित






-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)
