एमबाप्पे चम्किदा पीएसजीको जित
आइतबार, भदौ १९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले नान्तेसलाई ३-० गोल अन्तरले हराएको हो ।
पीएसजीको जितमा केलियन एमबाप्पेले दुई गोल गरे ।
नुनो मेन्डिसले एक गोल गरे ।
खेलको १८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए ।
२४ औं मिनेटमा फाबियोले रातो कार्ड पाएपछि नान्तेस १० खेलाडीमा समेटियो ।
खेलको ५४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ६८ औं मिनेटमा नुनोले गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए ।
जितसँगै पीएसजीले ६ खेलमा १६ अंक जोडेको छ ।
पीएसजी शीर्ष स्थानमा रहेको छ ।
नान्तेस ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
एमबाप्पे चम्किदा पीएसजीको जित










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)