काठमाडौं । इटालियन सिरी ए फुटबलको मिलान डर्बी भिडन्तमा एसी मिलानले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा मिलानले इन्टर मिलानलाई ३-२ गोल अन्तरले हराएको हो ।
रोमान्चक बनेको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा इन्टर पराजित भएको हो ।
खेलको २१ औं मिनेटमा मार्सेलो ब्रोजोभिचले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको २८ औं मिनेटमा राफायल लियोले गोल गर्दै मिलानलाई १-१ गोलको बराबरीमा ल्याए ।

५४ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै मिलानलाई २-१ को अग्रता दिलाए ।
खेल्को ६० औं मिनेटमा लियोले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ३-१को अग्रता दिलाए ।
त्यसपछि खेलको ६७ औं मिनेटमा इन्टरका इडेन जेकोले गोल गरेपनि मिलान ३-२ ले विजयी भयो ।
यस जितसँगै मिलानले ५ खेलमा ११ अंक जोडेको छ ।
मिलान शीर्ष स्थानमा रहेको छ ।
इन्टर ९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
