डर्टमण्डको जित, बायर्न रोकियो
शनिबार, भदौ १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा बायर्नले युनियन बर्लीनसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको १२ औं मिनेटमा सेराल्डो बेकरले गोल गर्दै बर्लीनलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको १५ औं मिनेटमा जोसुवा किमिचले गोल गर्दै बायर्नलाई हारबाट जोगाए ।
यस बराबरीसँगै बायर्नले ५ खेलमा ११ अंक जोडेको छ ।
बायर्न तेस्रो स्थानमा रहेको छ ।
बर्लीन ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
अर्को खेलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।
डर्टमण्डले होफेनहाइमलाई १-० ले हराएको हो ।
डर्टमण्डको जितमा मार्को रिउसले १६ औं मिनेटमा निर्णायक गोल गरे ।
यस जितसँगै डर्टमण्डले ५ खेलमा १२ अंक जोडेको छ ।
डर्टमण्ड दोस्रो स्थानमा रहेको छ ।
डर्टमण्डको जितबायर्न रोकियो










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)