काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा सिटीले एस्टन भिल्लासँग १-१ गोलको बराबरी खेलेको हो ।
एस्टनको मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा सिटी बराबरीमा रोकिएको हो ।
खेलको ५० औं मिनेटमा अर्लिङ हालान्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ७४ औं मिनेटमा लियोन बेलीले गोल गर्दै एस्टनलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै सिटीले ६ खेलमा १४ अंक जोडेको छ ।
सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
एस्टन ४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
