प्रदेश स्तरिय फुटबलमा स्याङ्जा र नवलपुर विजयी

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरिय महिला फुटबलमा स्याङ्जा र पुरुष फुटबलतर्फ नवलपुरले जितेको छ ।
पोखरा रंगशालाको बि ग्राउन्डमा शनिबार भएको खेलमा कास्कीलाई ५-० ले हराउँदै स्याङ्जाले जित निकालेको हो ।
स्याङ्जाको जितमा पुष्पा गुरुङले खेलको १२ औं मिनेटमा गोलको खाता खोलेकी थिइन । त्यस्तै खेलको २२ औं मिनेटमा टीम क्यापटेन शुष्मा जिटीले गोल गर्दे गोल संख्या दोब्वर बनाएकी थिइन ।
खेल अवधीभर कास्की माथि हावी भएको प्रतियोगितको ३९ र ४० औ मिनेटमा सुक्रिया मियाँले २ गोल गरेकी थिइन । त्यस्तै खेलको ४८ औ मिनेटमा पुष्पा गुरुङले आफ्नो टिमका लागि अर्को १ गोल थप्दै जित सुनिश्चित गरेकी थिइन ।
विजयी खेलाडीहरुलाई एक कार्यक्रमबीच ट्रफी,मेडल र प्रमाणपत्र वितरण गरिएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रन्जितले बताए ।
बिजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दे उक्त कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङले भोलि बेलुकी सम्म नवौ राष्ट्रिय प्रतियोगितमा सहभागी हुने गण्डकी प्रदेशको फुटबल खेलाडीहरुको अन्तिम नामवली प्रकाशन गरिने बताए ।
त्यसको लागि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज गुरुङको संयोजकत्वमा ५ सदस्य कोर टीम बनाएको गुरुङले जनाए ।
पुरुष फुटबलमा नवपुरको जित -
पोखरा रंगशालामा शनिबार सम्पन्न भएको पुरुष फुटबलमा लमजुङलाई १-० गोल गर्दे नवलपुरले जित निकालेको छ ।
नवलपुरको जितमा खेलको ४३ औं मिनेटमा टेक बहादुर पाटाले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा लमजुङ्गले खेल अन्तिम सम्म फर्कने प्रयास गरे पनि सफल हुन सकेन । अन्तत खेलको नजिता नवलपुरलाईलाई सुम्पन्न बाध्य भयो ।












