टोटेनहमको जित
शनिबार, भदौ १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा टोटेनहमले फुलहमलाई २-१ गोल अन्तरले हराएको हो ।
टोटेनहमको जितमा पिएरे इमिल होएबिएर र ह्यारी केनले एक एक गोल गरे ।
फुलहमका एलेक्सान्डर मिट्रोभिचले एक गोल फर्काए ।
यस जितसँगै टोटेनहम लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
टोटेनहमले ६ खेलमा १४ अंक जोडेको छ ।
फुलहम ८ अंक जोडेर १० औं स्थानमा रहेको छ ।
अर्को खेलमा ब्रेन्टफोर्डले लिड्सलाई ५-२ गोल अन्तरले हराएको छ ।
ब्रेन्टफोर्डको जितमा टोनीले ह्याट्रिक पूरा गरे ।
यस्तै न्युकासल र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
टोटेनहमको जित












