शुक्रबार, ०९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. हयाण्डबल
Bhat Bhateni Supermarket Ad

गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीको दोहोरो जित

शुक्रबार, १७ भाद्र २०७९खेलपाटी संवाददाता
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीको दोहोरो जित
mustang rice ad

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय ह्याण्डबल छनोट प्रतियोगितामा कास्कीले दोहोरो जित हासिल गरेको छ ।

पोखरा रंगशालाको ह्याण्डबल प्रशिक्षण केन्द्रको कोर्टमा शुक्रबार भएको फाइनल खेलमा महिला तथा पुरुषतर्फ बागलुङकै महिला तथा पुरुष टोलीमाथि कास्कीले जित हासिल गरेको हो ।

महिलातर्फको ह्याण्डबल खेलमा कास्कीले बागलुङलाई दुईका विरुद्ध १४ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । यसैगरी पुरुषतर्फ कास्कीले बागलुङकै टोलीलाई ९—२६ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

विजयी खेलाडीको टोलीलाई एक समारोहबीच ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । केही दिनभित्रमै राष्ट्रिय खेलकुदका लागि प्रदेशको टोली घोषणा गरिने कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष चित्रबहादुर थापाले बताए ।

प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ भने चार जिल्लाको सहभागिता थियो ।

खो खो -

खो खोमा पुरुषतर्फ नवलपुर प्रथम गण्डकी प्रदेशस्तरीय खो खो छनौट प्रतियोगितामा पुरुषतर्फ नवलपुर प्रथम भएको छ ।

पोखरामा बिहीबार भएको फाइनल खेलमा नवलपुरले घरेलु टोली कास्कीलाई तीन अङको अन्तरले पछि पार्दै प्रथम भएको हो । प्रतियोगितामा नवलपुरले १८ अङ ल्याउदा कास्कीले भने १५ अङ प्राप्त गरेको थियो ।

प्रतियोगितामा चार जिल्लाको सहभागिता रहेको प्रशिक्षक विशाल गुरुङले बताए । नवलपुर प्रतियोगितामा प्रथम भए पनि विभिन्न जिल्लाका गरी १४ जना खेलाडी राष्ट्रिय खेलकुदका लागि छनोट गरिएको छ ।

छनौट हुने खेलाडीहरुमा नवलपुरबाट सागर परियार, मौसम महतो, सुमिर श्रेष्ठ, शङ्कर रिजाल, सुनिल थापा मगर, सुरेन्द्र महतो छन् । गोरखाबाट देवबहादुर गुरुङ र राचेशनी राना रहेका छन् । कास्कीबाट विवस परियार, रोविन अधिकारी, शिवस टडाल, जोयल तामाङ छन् । वैकल्पिक खेलाडीमा गोरखाबाट स्वस्तिक बस्नेत र नरेश धामी रहेका छन् । टिम व्यवस्थापकमा सुरज पोखरेल छन् ।

महिलातर्फ भने कास्की र नवलपुरबीचको खेल बराबरीमा टुङ्गिएको छ । निर्धारित समय ९÷९ मिनेटको खेलमा दुबै तर्फ १५÷१५ स्कोरले खेल बराबरीमा पुगेपछि २÷२ मिनेटको खेल अतिरिक्त समयमा पनि दुवैतर्फ ३÷३ स्कोर भएसँगै खेल बराबरीमा सकिएको हो ।

महिलातर्फ प्रतियोगितामा तीन जिल्लाबाट खेलाडीहरु सहभागी भएको प्रशिक्षक बिशालजङ कुंवरले बताए । प्रदेशको तर्फबाट छनोट हुनुभएका खेलाडीमा कास्की र नवलपुरबाट ६/६ छनोटमा परेको व्यवस्थापक सुरज पोखरेलले बताए ।

छनोट भएका खेलाडीमा कास्कीका सृष्टि पौडेल, सुजना कुँवर, भिमसरा रोका, ममता अधिकारी, सजिता सुनार र अञ्जली भुजेल रहेका छन् । यसैगरी नवलपुरका महिमा बस्नेत, चित्रकुमारी सापकोटा, प्रियङ्का महतो, असरा गुरौं, पुनम महतो र रस्मिता श्रेष्ठ टोलीमा छन् । वैकल्पिक खेलाडीमा कास्कीबाट वियसा सुनार र नवलपुरका सलिना सेढाइँ छन् ।

जिम्न्याष्टिक खेलाडी छनोट

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको जिम्न्याष्टिकका खेलाडी छनोट गरिएको छ । पोखरा रंगशालामा शुक्रबार सञ्चालन भएको छनोट प्रतियोगिताबाट प्रदेशको पुरुष तथा महिलाको अन्तिम टोली घोषणा गरिएको हो ।

छनोट हुन सफल खेलाडीमा पुरुषतर्फ रोशन पुन, विशाल पुन, प्रबल गुरुङ, विजय विश्वकर्मा, सरोज थापा र मियोन गुरुङ छन् । यसैगरी महिलातर्फ सीताकुमारी खड्का, सुभी भासिम, गीता साउद, कृति खत्री, करुण लामा र दूधकला साउद छन्  । योगेन्द्र गुरुङ, रविन्द्र तजजिया, सोमबहादुर शाही र विजेन्द्र श्रेष्ठ रहेको निर्णायक मण्डलले खेलाडी छनोट गरेको प्रदेश खेलकुद परिषद्का सदस्य केशव पाठकले जानकारी दिए ।

नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेख खेलकुद परिषद्ले भदौ १६ देखि पोखरामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरिरहेको छ । प्रदेशका ११ वटै जिल्लाबाट छनोट भएका खेलाडीका बीचमा प्रतिस्पर्धाका माध्यमबाट राष्ट्रियका लागि प्रदेशको टोली घोषणा गरिने परिषद्ले जनाएको छ ।

LiNing Ad
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीको दोहोरो जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एपीएफलाई महिला ह्याण्डबलको उपाधि  

एपीएफलाई महिला ह्याण्डबलको उपाधि  

महिला ह्याण्डबलको सेमिफाइनल समिरकण पुरा

महिला ह्याण्डबलको सेमिफाइनल समिरकण पुरा

प्रथम आमन्त्रित पुरुष ह्यान्डबल प्रतियोगिता मंगलबारदेखि

प्रथम आमन्त्रित पुरुष ह्यान्डबल प्रतियोगिता मंगलबारदेखि

Bajaj Pulsar Motorcycle Ad
रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

पहिलो जितमा भगवतीको ५ गोल

पहिलो जितमा भगवतीको ५ गोल

आर्मीले सहजै जित्यो

आर्मीले सहजै जित्यो

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

भिल्लामा सान्चोको पहिलो गोल

भिल्लामा सान्चोको पहिलो गोल

 पेड्री एक महिना मैदानबाहिर

पेड्री एक महिना मैदानबाहिर

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो