• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
फेरि प्रतिनिधि छनोटमा चलखेल 
खेलपाटी संवाददाता
बुधबार, भदौ १५, २०७९ खेलपाटी संवाददाता
फेरि प्रतिनिधि छनोटमा चलखेल 

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा असोज १२ गते काठमाडौंमा हुदैछ । विशेष साधारण सभा महत्वपुर्ण यस कारण छ, सोही विशेष साधारण सभाले एन्फाको थप दुई कार्यसमिति सदस्यको निर्वाचन पनि गर्नेछ ।

गत असार ६ गते एन्फाको केन्द्रिय निर्वाचन भएको थियो । अध्यक्ष सहित अधिकांश पदाधिकारीमा पंजकबिक्रम नेम्वाङ प्यानलले विजय हासिल गर्दा १३ सदस्यीय खुल्ला सदस्य पदमा दिपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेका थिए । 

मनिष जोशीले ४८, अनिल मल्लले ४७, रबिन्द्र चन्दले ४६, विकास नारायण श्रेष्ठले ४४, भोजराज शाहीले ४४, महेन्द्र क्षेत्रीले ४४, पुरुषोत्तम थापाले ४३, रमेश ब्यन्जनकारले ४३, मनिराज विष्टले ४२, टिका लामाले ४१ र भरतबुढ थापाले ४० मत प्राप्त गर्दै केन्द्रिय कार्यसमितिमा निर्वाचित भएका थिए । 

थप दुई जना केन्द्रिय सदस्यमा चार जनाको मत बराबर आएपछि विशेष साधारण सभामार्फत निर्वाचन गरेर टुङ्गो लगाउने सहमती बनेको थियो । सदस्यमा दिपेन्द्र धिमालले नेम्वाङ प्यानलबाट उम्मेदवारी दिएका थिए भने दिपक थापा क्षेत्री, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले कर्माछिरिङ प्यानलबाट उम्मेदवारी दिएका थिए । दुई जना केन्द्रिय सदस्य निर्वाचित हुने विशेष साधारण सभामा एक जना शेर्पा प्यानलबाट निर्वाचित हुने पक्का पक्की जस्तै छ । अर्का एक सदस्य पद जिताउन एन्फा नेतृत्वले चलखेल सुरु गरेको छ । 

चुनावै जितेर आएपनि अध्यक्ष पंकजबिक्रम नेम्वाङसँग आफ्नै प्यानलका उपाध्यक्ष दावा लामा बाहेक कोही रहेनन् । पदाधिकारी सहित अधिकांश सदस्य पूर्व अध्यक्ष गणेश थापाकै इशारामा चल्नेहरु आए । आफ्नै प्यानलबाट चुनाव जितेका अधिकांश पदाधिकारी आफैले गराएको निर्णयको विरुद्धमा हस्ताक्षर अभियान चलाउनेसम्मको हर्कतमा उत्रिएपछि एन्फा कार्यसमितिभित्र नेम्वाङ निरिह अवस्थामा छन् । उनी यतिसम्म निरिह छन्, आफुलाई चुनाव जिताउन मुख्य भुमिका खेलेका नविन पाँडेलाई अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुखको पदमै पनि टिकाउन सकेनन् । ‘फेस सेभिङ’का लागि ठोस जिम्मेवारी नहुने मुख्य सल्लाहाकारमा पाँडे सिमित बनेका छन् ।

आफ्नै प्यानलबाट चुनाव जितेका पूर्व अध्यक्ष गणेश थापा निकटका कार्यसमिति सदस्यले विभागबाट हटाउन हस्ताक्षर अभियाननै चलाएपछि पाँडेको विभागीय प्रमुख पदक खोसिएको हो । एन्फा बैठकमा पाँडेको बचाउ शेर्पा प्यानलबाट चुनाव जितेका उपाध्यक्ष कुमार केसीदेखि मनिष जोशी गर्नुपरेको छ । ‘पहिलो बैठकमा ठेबल ठोकेर पास गर्ने, दोस्रो बैठकमा हस्ताक्षर गरेर हटाउ भन्न कुन नैतिकताले दिन्छ । एन्फाले यस्तो अपरिपक्क निर्णय गर्नु हुदैन ।’ पाँडेको बचाउ गर्दै कुमार केसीले एन्फा बैठकमा भनेका थिए । चुनाव जित्न पाँडेको आर्शिबाद थापेका नेम्वाङ प्यानलका पदाधिकारी अहिले पाँडेलाई विभागीय जिम्मेवारीबाट हटाउन सफल बनेका छन् । चुनावी मोर्चामा आफु निकटका पूर्वी जिल्लाबाट उम्मेदवारी दिएका अधिकांश उम्मेदवार पराजित भएपछि नेम्वाङले आफुमाथि अन्तरघात भएको निष्कर्श निकटस्थसँग सुनाउने गरेका छन् । 

पूर्वी जिल्लाबाट केन्द्रिय निर्वाचनमा उम्मेदवारी दिएका प्रविण सुवालदेखि निरज खड्गी, तपेश्वर कुमार कुर्मी हुँदै नेपाल कार्कीसम्मले चुनावमा पानीसम्म माग्न पाएनन् । एन्फामा आफुलाई कमजोर बनाउन रणनीतिक रुपमा आफु निकटका उम्मेदवारलाई चुनावमा हराईएको निष्कर्श नेम्वाङको छ । एन्फा चुनावमा आफुमाथि अन्तरघात भएको निष्कर्श निकालेका नेम्वाङ विशेष साधारण सभामार्फत आफु निकट उम्मेदवारलाई कार्यसमितिमा छिराउनुपर्ने बाध्यतामा छन् । सोही अनुसार उनले एन्फा सचिवालयमार्फत चुनावी चलखेल गरेका छन् । 

एन्फाले भदौ ७ गते पत्र लेख्दै विशेष साधारण सभाका लागि प्रतिनिधि छनोट गर्न उपस्थितीका लागि भन्दै सी र बी डिभिजनका अध्यक्षलाई हिजो शनिबार एन्फा कम्प्लेक्समा बोलाएको थियो । प्रतिनिधि छनोटको निर्वाचनमा सहभागी हुन भन्दै पत्र लेखेर एन्फाले शनिबार आकस्मिक रुपमा बैठक स्थगित गरेको सुचना जारी गर्यो । साथै एन्फाले निर्वाचन समितिको हवाला दिदै असारमा सम्पन्न साधारण सभाकै मताधिकार प्राप्त सदस्य संस्थाबाटनै प्रतिनिधि नामावली माग गर्ने निर्णय सार्वजनीक गरेको छ । 

‘प्रतिनिधि छनोट निर्वाचनका लागि भन्दै सबैलाई बोलाएर निर्वाचन समितिको निर्देशन अनुसार पुरानै संस्थाका प्रतिनिधि सहभागी गराउने निर्णय बदनियतपूर्ण देखिन्छ । आफु अनुकुल नभएका प्रतिनिधिलाई रोक्ने मनसायका साथ एन्फा सचिवालयले चलखेल गरेको छ ।’ क्लबका एक प्रतिनिधिले खेलपाटीसँग भने । 

‘एन्फाको निर्वाचन समितिकै निर्णय सुनाउनु थियो त किन सबै क्लबलाई निर्वाचनका लागि भन्दै काठमाडौंमा बोलाएको त ?’ उनी प्रश्न गर्छन्, ‘साविककै पत्र अनुसार निर्वाचनमार्फत प्रतिनिधि हुने क्लब छनोट गर्न पर्छ । नयाँ मताधिकार प्रयोग गर्ने अवस्था बन्न पर्यो ।’ 

सी र बी डिभिजनमा सहभागी १४ क्लब मध्य क्रमश ९ र ११ क्लबले एन्फा निर्वाचनमा मताधिकार प्राप्त गर्ने गर्छन् । आफु अनुकुलका प्रतिनिधि छनोट हुने नदेखिएपछि एन्फाको वर्तमान नेतृत्वले पुरानै प्रतिनिधि क्लबलाई विशेष साधारण सभामा सहभागी गराउने तयारी गरेको शेर्पा पक्षको आरोप छ ।  

त्यस्तै अवस्था गण्डकी प्रदेशमा समेत देखिएको छ । एन्फा महासचिव किरण राईले गण्डकी प्रदेश फुटबल संघलाई पत्र लेख्दै नयाँ निर्वाचनमार्फत ६ जिल्लाको छनोट गरि पठाउन पत्राचार गरेका थिए । सोही अनुसार एन्फाले केन्द्रिय प्रतिनिधिको रुपमा मोहनकुमार श्रेष्ठलाई पठाएर प्रदेशको निर्वाचन समेत गरायो । 

निर्वाचनमार्फत साविककै तनहुँ, स्याङ्जा, लम्जुङ, मनाङ, नवलपुर र बागलुङ मताधिकारका लागि छनोट भए । छनोट भएका सबै जिल्ला तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पा निकटका थिए । एन्फा अध्यक्ष नेम्वाङ निकटका गोरखा र कास्की विशेष साधारण सभामा मताधिकारका लागि यसपटक पनि छनोट भएनन् । गण्डकी प्रदेशले मताधिकार सहित प्रतिनिधित्व गर्ने ६ जिल्लाको नामावली केन्द्रमा पठाएपछि पुन एन्फा सचिवालयले पत्र लेख्दै पुरानै मताधिकार प्राप्त जिल्लालाई प्रतिनिधित्व गराउनु भन्दै पत्राचार गरेको छ । एन्फाले भाद्र १३ गते केन्द्रिय प्रतिनिधिमार्फत गण्डकी प्रदेशको प्रतिनिधि छनोटको निर्वाचन गराएको थियो । तर निर्वाचन समितिले पुरानै संस्थालाई मताधिकार सहित विशेष साधारण सभामा प्रतिनिधित्व गराउनु भन्दै एन्फाले पत्राचार गरेको छ । एन्फाका अनुसार निर्वाचन समितिको भाद्र ११ गते बसेको बैठकले सो निर्णय गरेको हो । भाद्र ११ गतेको निर्णय विपरित एन्फाले केन्द्रिय प्रतिनिधि राखेर भाद्र १३ गते गण्डकी प्रदेशमा किन निर्वाचन गर्यो भन्ने प्रश्न उठेको छ । 

No description available.

पूर्व केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठले एन्फाको वर्तमान नेतृत्वले गण्डकी प्रदेशको फुटबल एकतालाई टुटाउन र फुटाउन खोजेको आरोप लगाउँछन् । ‘भाद्र १३ गते केन्द्रिय प्रतिनिधि राखेर गण्डकीको निर्वाचन गराएको छ । फेरी निर्वाचन समितिको भाद्र ११ गतेको बैठक भनेर पुरानै प्रतिनिधिलाई साधारण सभामा सहभागी गराउनु भनेर एन्फाले पत्राचार गरेको छ । एन्फाले गण्डकी प्रदेशमा नचाहिने काम गर्न खोजेको छ । अनावश्यक खेल्न खोजेको छ ।’ पूर्व तनहुँ जिल्ला अध्यक्ष श्रेष्ठ भन्छन्, ‘सुरुमा निर्वाचन प्रक्रियाबाट आउ भन्ने, फेरी पुरानै प्रतिनिधि सहभागी गराउने भनेर दुई वटा फरक फरक चिठी पठाउने काम भएको छ । एन्फाको वर्तमान नेतृत्व प्रदेशका जिल्लालाई फुटाउने र जुधाउने रणनीतिमा देखिएको छ ।’ 

एन्फा महासचिव किरण राईले विशेष साधारण सभाको प्रतिनिधि छनोटको विषयमा आफुले बोल्न नमिल्ने बताए । उनले यस विषयमा प्रवक्ताले बोल्दा उपयुक्त हुने उल्लेख गरे । 

एन्फा प्रवक्ता सुरेश शाहले एन्फाबाट गएको फरक फरक पत्रको विषय प्रशासनीक काम भएकाले सचिवालयमा बुझ्नुपर्ने बताए । उनले निर्वाचन समितिको बैठकपछि प्रदेशमा भएको निर्वाचनको आधारबारे सचिवालयसँग बुझेपछि मात्र प्रस्ट हुने धारणा राखे । 

‘निर्वाचन समितिले दिएको पत्र अनुसार साविककै क्लब र जिल्लाले विशेष साधारण सभामा मताधिकार प्राप्त गर्ने भन्ने विषय हो ।’ उनले भने, ‘संस्था र क्लब तीनै हुन्छन्, कार्यसमितिले व्यक्ति परिवर्तन गरेर पठाउन मिल्ने खालको निर्णय एन्फाको निर्वाचन समितिको छ ।’ 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP