काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज शनिबार विभिन्न ७ खेलहरु हुँदैछन् ।
प्रिमियर लिगमा आज आर्सनल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी, लिभरपुल लगायतका क्लबको खेल रहेको छ ।
प्रिमियर लिग अन्तर्गत आज हुने पहिलो खेलमा म्यानचेस्टर युनाईटेडले साउथह्याम्पटनको सामना गर्नेछ ।
युनाईटेड र साउथह्याम्पटनबीचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ बजे सुरु हुनेछ ।
यस्तै म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेससँग खेल्नेछ । यस खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ।
यसै समयमा हुने अन्य खेलमा लिभरपुलले बर्नेमाउथ, चेल्सीले लेस्टर सिटी, लिड्सले ब्राइटन र एभर्टनले ब्रेन्टफोर्डसँग खेल्नेछ ।
त्यस्तै शीर्ष स्थानको आर्सनलले फुलहमको सामना गर्नेछ । यस खेल राति ९:१५ बजे सुरु हुनेछ ।