काठमाडौं । इटालियन सिरी ए फुटबलमा लाजियोले इन्टर मिलानलाई हराएको छ ।
शुक्रबार राति भएको खेलमा लाजियोले इन्टरलाई ३-१ गोल अन्तरले हराएको हो ।
खेलको ४० औं मिनेटमा फिलिपे एण्डरसनले गोल गर्दै लाजियोलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५१ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।
&w=707&quality=100)
खेलको ७५ औं मिनेटमा लुइस अल्बर्टोले गोल गर्दै लाजियोलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा पेड्रोले गोल गर्दै लाजियोलाई ३-१ को जित दिलाए ।
जितसँगै लाजियो शीर्ष स्थानमा उक्लिएको छ ।
लाजियोले ३ खेलमा ७ अंक जोडेको छ ।
इन्टर ६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।