माउपे एभर्टनमा अनुबन्धित
शनिबार, भदौ ११, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले स्ट्राइकर नील माउपेलाई अनुबन्ध गरेको छ ।
एभर्टनले स्ट्राइकर माउपेलाई प्रिमियर लिग क्लब ब्राइटनबाट अनुबन्ध गरेको हो ।
एभर्टनले उनी अनुबन्धको रकम भने खुलाएको छैन ।
फ्रेन्च स्ट्राइकरले एभर्टनसँग ३ वर्षको सम्झौता गरेका छन् ।
माउपे २०१९ मा ब्रेन्टफोर्डबाट ब्राइटन आएका थिए ।
ब्राइटनका लागि उनले १ सय २ खेलमा २६ गोल गरेका थिए ।
'एभर्टन महान क्लब हो । यहाँ रहन पाउँदा म निकै खुशी छु,' सम्झौतापछि २६ वर्षीय स्ट्राइकरले भनेका छन् ।
माउपे एभर्टनमा अनुबन्धित









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)