काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सेल्टा भिगोलाई ४-१ गोल अन्तरले हराउँदै रियलले लगातार दोस्रो जित निकालेको हो ।
रियलको जितमा करिम बेन्जिमा, लुका मोड्रिच, भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले एक एक गोल गरे ।
सेल्टाका इयागो आसपासले एक गोल फर्काए ।

खेलको १४ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
२३ औं मिनेटमा इयागोले गोल गर्दै सेल्टालाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४१ औं मिनेटमा मोड्रिचले गोल गर्दै टिमको अग्रता २-१ को बनाए ।
खेलको ५६ औं मिनेटमा जुनियरले गोल गर्दै टिमको अग्रता ३-१ को बनाए ।
त्यसपछि खेलको ६६ औं मिनेटमा भाल्भर्डेले गोल गर्दै रियललाई ४-१ को जित दिलाए ।
खेलको ८७ औं मिनेटमा रियलका इडेन हाजार्डले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार सेल्टाका गोलकिपरले बचाए ।
जितसँगै रियलले २ खेलमा ६ अंक जोडेको छ ।
रियल शीर्ष स्थानमा रहेको छ ।
सेल्टा १ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।