काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३-० गोल अन्तरले हराउँदै आर्सनलले लगातार तेस्रो जित निकालेको हो ।
आर्सनललाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे ।
यस्तै विलियम सालिबाले एक गोल थपे ।
खेलको पाँचौं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाए ।

खेलको ११ औं मिनेटमा ओडेगार्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ५४ औं मिनेटमा सालिबाले गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए ।
त्यसबाहेक आर्सनलका ग्राबियल जिससले ७२ औं मिनेटमा गरेको गोलले मान्यता पाएन् । भीएआरमा उनी अफसाइड देखिए ।
यस जितसँगै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ ।
आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ ।
बर्नेमाउथ ३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।