काठमाडौं । इंग्लिस क्लब टोटेनहमका स्ट्राइकर ह्यारी केनले एकै क्लबबाट सर्वाधिक धेरै प्रिमियर लिग गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
प्रिमियर लिग अन्तर्गत शनिबार राति उल्भ्सविरुद्धको जितमा निर्णायक एक गोल गरेसँगै केनले कीर्तिमान बनाएका हुन्।
उल्भ्सविरुद्धको गोल प्रिमियर लिगमा टोटेनहमका लागि केनको १ सय ८५ औं गोल हो ।
केनले म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर सर्जियो अग्युरोको कीर्तिमान तोडेका हुन् ।
अग्युरोको नाममा १ सय ८४ गोल रहेको थियो ।
इंग्ल्यान्डका स्ट्राइकर केनले करियरको २ सय ५० औं गोल समेत पूरा गरेका छन् ।
