काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड पराजित भएको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डलाई वेर्डेर ब्रेमेनले ३-२ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा डर्टमण्डले हार व्यहोरेको हो ।
खेलको ४५ औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमण्डलाई सुरुआती अग्रता दिलाए ।
खेलको ७७ औं मिनेटमा राफाएल गुइरेरोले गोल गर्दै डर्टमण्डको अग्रता २-० को बनाए ।
तर, खेलको ८९ औं मिनेटमा ली बुचाननले गोल गर्दै ब्रेमेनलाई २-१ को स्थितिमा ल्याए ।
खेलको इन्जुरी समयको तेस्रो मिनेटमा ब्रेमेनका निक्लासले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
त्यसपछि इन्जुरी समयको पाँचौ मिनेटमा ओलिभर बुर्केले गोल गर्दै ब्रेमेनलाई ३-२ को जित दिलाए ।
जितसँगै ब्रेमेनले ३ खेलमा ५ अंक जोडेको छ । ब्रेमेन आठौं स्थानमा छ ।
डर्टमण्ड ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।