युवा मिडफिल्डर चेल्सीमा
२०२२ अगस्ट १९, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब चेल्सीले युवा मिडफिल्डर सेसरे कासाडेईलाई अनुबन्ध गरेको छ ।
चेल्सीले इटालियन क्लब इन्टर मिलानबाट मिडफिल्डर सेसरेलाई अनुबन्ध गरेको हो ।
१९ वर्षीय इटालियन मिडफिल्डरले चेल्सीसँग ६ वर्षको सम्झौता गरेका छन् ।
युवा मिडफिल्डरले गत सिङ मात्र इन्टरको सिनियर टोलीमा डेब्यु गरेका थिए ।
त्यसअघि उनले युथ लेभलमा इन्टरका लागि ३८ खेलमा १६ गोल गरेका थिए ।
उनी चेल्सीमा यू-२१ टिममा हुनेछन् ।
युवा मिडफिल्डर चेल्सीमा