रियलका जिसस जिरोनामा
शुक्रबार, भदौ ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । रियल मड्रिडका अट्याकीङ मिडफिल्डर रेइनियर जिसस कार्भाल्हो जिरोनामा अनुबन्धित भएका छन् ।
ब्राजिलियन मिडफिल्डर जिससलाई जिरोनाले लोनमा अनुबन्ध गरेको हो ।
जिरोनाले एक सिजनका लागि लोनमा उनलाई अनुबन्ध गरिएको जनाएको छ ।
२० वर्षीय जिससले गत सिजन जर्मन क्लब बोरुसिया डर्टमण्डबाट लोनमा खेलेका थिए ।
उनले बुन्डेसलिगामा २७ खेल खेल्दै १ गोल गरेका थिए ।
उनी २०२० मा रियलमा अनुबन्धित भएका थिए ।
तर, उनले रियलको सिनियर टोलीमा डेब्यु गरेका छैनन् ।
उनी ब्राजिलको यू-२३ टोलीका सदस्य हुन् ।
रियलका जिसस जिरोनामा







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

