महिला च्याम्पियन्स लिगमा सिटी र रियल भिड्ने
शुक्रबार, भदौ ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । म्यानचेस्टर सिटीले वुमन्स च्याम्पियन्स लिगको पहिलो क्वालिफायर राउण्डमा काजाकिस्तानको टोमिरिस-तुरानलाई पराजित गर्दै रियल मड्रिडसँगको भिडन्त पक्का गरेको छ ।
पहिलो गोल खादिजा श को नाममा रह्यो । शले लरेन हेम्पको क्रसबाट पहिलो गोल गर्दै सिटीलाई अग्रता दिलाइन ।
भर्खरै इंग्ल्यान्डलाई युरो कप जिताएकी चोल केलीको पासमा हेड गर्दै शले अग्रता दोब्बर बनाइन् ।
इङ्ल्यान्डकै अर्की युरो स्टार लरेन हेम्पले हाफ टाइममा सिटीलाई सहज अग्रता दिलाउन शको सहयोगमा सिटीको लागि तेस्रो गोल गरिन ।
सिटीले अन्तिम आठ मिनेटमा पनि थप तीन गोल गरेको थियो ।
भिक्की लोसाडाले पनि गोल गरिन । डेना क्यास्टेलानोसले पेनाल्टीबाट क्लबको लागि पहिलो गोल गरिन । एक गोल आत्मघाती भएको थियो ।
सिटीले अब स्पेनको राजधानीमा आइतबार रियलको सामना गर्नेछ। विजेता टिम छनोटको दोस्रो चरणमा पुग्नेछ ।
महिला च्याम्पियन्स लिगमा सिटी र रियल भिड्ने







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

