काठमाडौं । फ्रेन्च लिग वान क्लब निसले ब्राजिलियन डिफेन्डर मार्सेलो अनुबन्धका लागि चाँसो देखाएको छ ।
३४ वर्षीय डिफेन्डरलाई फ्री ट्रान्सफरमा अनुबन्धका लागि निसले चाँसो देखाएको हो ।
निसले मार्सेलो अनुबन्धका लागि उनीसँग कुराकानी गरिरहेको बताईएको छ ।
स्पेनिस क्लब रियल मड्रिड छाडेपछि मार्सेलो क्लब विहिन छन् ।
लेफ्ट ब्याक मार्सेलोले १५ वर्ष बिताएर रियल छाडेका हुन् ।
डिफेन्डर मार्सेलो २००७ मा रियल आएका थिए ।
रियलका लागि उनले २५ उपाधि जितेका छन् । जसमा ५ च्याम्पियन्स लिग रहेको छ ।
रियल मड्रिडका उनले ५ सय ४५ खेल खेलेका छन् । उनले ३८ गोल र १ सय ३ असिस्ट गरेका छन् ।