सेल्सो भिल्ला रियलमा अनुबन्धित
सोमबार, साउन ३०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब भिल्ला रियलले मिडफिल्डर जियोभानी लो सेल्सोलाई अनुबन्ध गरेको छ ।
भिल्ला रियलले मिडफिल्डर सेल्सोलाई टोटेनहमबाट लोनमा अनुबन्ध गरेको हो ।
सेल्सोलाई एक सिजनका लागि भिल्ला रियलले लोनमा अनुबन्ध गरेको हो ।
२६ वर्षीय अर्जेन्टिनी २०१९ मा रियल बेटिसबाट लोनमा टोटेनहम आएका थिए ।
उनी २०२० मा टोटेनहमका स्थायी खेलाडीका रुपमा अनुबन्धित भएका थिए ।
अर्जेन्टिनाका लागि ३९ खेलमा २ गोल गरेका थिए ।
सेल्सो भिल्ला रियलमा अनुबन्धित










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)