रियलको सुखद सुरुआत
सोमबार, साउन ३०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सुखद सुरुआत गरेको छ।
आइतबार राति भनेको खेलमा अल्मेरियालाई २-१ ले हराउँदै रियलले सुखद सुरुआत गरेको हो ।
रियलको जितमा लुकास भास्क्वेज र डेभिड अलबाले एक एक गोल गरे ।
अल्मेरियाका लार्जी रामाजानीले एक गोल गरे ।
रियलले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको छैटौं मिनेटमा रामाजानीले गोल गर्दै अल्मेरियालाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६१ औं मिनेटमा भास्क्वेजले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७५ औं मिनेटमा अलबाले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।
जितसँगै रियलले पहिलो खेलमा ३ अंक ओडेको छ ।
अल्मेरियाले हारबाट सिजनको सुरुआत गरेको छ ।
रियलको सुखद सुरुआत










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)