बायर्नको सहज जित
आइतबार, २९ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बायर्नले उल्फवर्गलाई २-० गोल अन्तरले हराएको हो ।
बायर्नलाई जित दिलाउन जमल मुसिआला र थोमस मुलरले एक एक गोल गरे ।
खेलको ३३ औं मिनेटमा जमलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४३ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई २-० को जित दिलाए ।
बायर्नको यो लगातार दोस्रो जित हो ।
शीर्ष स्थानको बायर्नले २ खेलमा ६ अंक जोडेको छ ।
उल्फवर्ग १ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
बायर्नको सहज जित










-1770487281088.png&w=3840&q=75)


