काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी टोटेनहमसँग बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले टोटेनहमसँग २-२ गोलको बराबरी खेलेको हो ।
चेल्सीका लागि कालिडोउ कुलीबाली र जेम्स रिसले एक एक गोल गरे ।
टोटेनहमका पिएर इमिल होजवर्ग र ह्यारी केनले एक एक गोल गरे ।

रोमान्चक खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा चेल्सीले बराबरी खेल्नु परेको हो ।
खेलको १९ औं मिनेटमा कुलीबालीले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६८ औं मिनेटमा होजवर्गले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ७७ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा केनले गोल गर्दै टोटेनहमलाई २-२ को बराबरी ल्याउदै टोलीलाई हारबाट जोगाए ।
खेल सकिएपछि दुबै टोलीका प्रशिक्षकले रातो कार्ड पाए । हात मिलाउने क्रममा झगडा गरेपछि थोमस टुचेल र एन्टोनियो कोन्टेले रातो कार्ड पाएका हुन् ।
यस बराबरीसँगै चेल्सीले २ खेलमा ४ अंक जोडेको छ ।
चेल्सी लिगको सातौं स्थानमा रहेको छ ।
टोटेनहम ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।