काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर पुजा राना मगरले चोट बोकेकी छिन् ।
महिला साफ च्याम्पियनसिपका लागि प्रशिक्षण दौरान पुजाले आइतबार खुट्टाको चोट बोकेकी हुन् । पुजाले बायाँ खुट्टामा गम्भीर चोट बोकेकी हुन् ।
पुजाले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिप गुमाउने भएकी छिन् ।
पुजाले सन् २०१९ मा विराटनगरमा अयोअना भएको साफ च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।

नेपाल पुलिस क्लबकी डिफेन्डर पुजा नेपाली टोलीको नियमित सदस्य हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ।
उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । समूह 'बी' मा रहेको नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
नेपाल सहज मानिएको 'बी' रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ ।
यस्तै समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।