काठमाडौं । नेपली राष्ट्रिय टोलीका फरवार्ड तथा त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास नेपाली सेनाको सह सेनानी पदमा बढुवा भएका छन् ।
त्रिभुवन आर्मी क्लबले आइतबार सामाजिक संजाल फेसबुकबाट भरत सह सेनानीमा बढुवा भएको जनाएको छ । भरत यस अघि उप सेनानी थिए ।
भरतलाई सैनिक वायु सेवाका प्रमुख उपरथी आशिष नरसिंह राणाले आइतबार दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
सहायक सेनानीबाट सेनामा प्रवेश गरेका भरत २०७२ सालमा उप सेनानीमा बढुवा भएका थिए ।
भरत बंगलादेशविरुद्ध आगामी असोजमा हुने मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा समेटिएका छन् ।