काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले भुटानको सामना गर्ने भएको हो ।
प्रतियोगितामा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ ।
नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ ।
यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ ।
समूह 'ए' मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।
