काठमाडौं । भारतका लेजेण्ड फुटबलर श्याम थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वागत गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार एन्फाले थापालाई स्वागत गरेका हुन् ।
एन्फाका वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्काले थापालाई स्वागत गरेका थिए । उनले नेपाली फुटबलमा पुर्राएको योगदानको चर्चा समेत गरेका थिए ।
कार्यक्रममा एन्फाका मानार्थ अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष बिराट जंग शाही, दावा लामा, दीपक खतिवडा लगायत एन्फाका पदाधिकारीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा फुटबल विकासको बारेमा छलफल भएको थियो ।

नेपालमा जन्मिएका थापा भारतीय फुटबलको सर्वश्रेष्ठ नाम हो ।
उनी ब्वाइज युनियन क्लबको निमन्त्रणामा नेपाल आएका हुन् ।
उनले ब्वाइज युनियनबाट खेलेका थिए ।