काठमाडौं । ब्राजिलियन विंगर विलियनले क्लब कोरिन्थिस छाडेका छन् ।
परिवार र उनलाई ज्यान मार्ने धम्की आएपछि विलियनले क्लब छाडेका हुन् ।
३४ वर्षीय विंगरलाई सामाजिक संजालमा लगातार ज्यान मार्ने धम्की आएको बताईएको छ ।
चेल्सी तथा आर्सनलका पूर्व विंगर विलियन गत सिजन कोरिन्थिसमा अनुबन्धित भएका थिए ।
उनले कोरिन्थिसका लागि ४५ खेलमा १ गोल गरेका थिए ।
विलियन प्रिमियर लिग फर्कने चर्चा रहेको छ ।
उनी पछिल्लो समय फुलहमसँग जोडिएका छन् ।