काठमाडौं । म्यानचेस्टर युनाईटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले आफुहरुले समर्थकलाई निराश तुल्याएको बताएका छन् ।
शनिबार राति ब्रेन्टफोर्डसँग ४-० ले पराजित भएपछि उनले समर्थकलाई निराश बनाएको दुख लागेको बताए ।
'टोलीले जिम्मेवारी लिनु पर्छ । समर्थकसँग माफी चाहन्छु । उनीहरूले हामीलाई समर्थन गर्न सबै गरे तर हामीले उनीहरूलाई निराश तुल्यायौं,' टेन हागले भने।
लगातार दोस्रो हार व्यहोर्ने क्रममा युनाईटेडले पहिलो हाफमै ४ गोल व्यहोरेको थियो । यस हारले युनाईटेड पुछारमा रहेको छ ।
मुख्य प्रशिक्षक टेन हागले आफुहरुले यस नतिजाको अपेक्षा नगरेको बताए ।
'हामी एक टोलीको रूपमा कठिन प्रक्रियामा छौं । तपाई फरक सुरुआतको अपेक्षामा हुनुहुन्छ । यो हामीले अपेक्षा गरेको थिएन,' उनले भने ।
प्रशिक्षक टेन हागले हारको जिम्मेवारी आफुले लिने र त्यसमा काम समेत गर्ने बताए ।