काठमाडौं । नटिङ्घम फरेस्टले नाइजेरियन स्ट्राइकर इमानुएल डेनिसलाई अनुबन्ध गरेको छ ।
इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले वाट्फोर्डबाट डेनिसलाई अनुबन्ध गरेको हो ।
फरेस्टले उनलाई २० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
२४ वर्षीय फरवार्डले फरेस्टसँग ४ वर्षको सम्झौता गरेका छन् ।
गत सिजन उनले वाट्फोर्डका लागि ३५ खेलमा १० गोल गरेका थिए ।
नाइजेरियाका लागि उनले ७ खेलमा १ गोल गरेका छन् ।
फरेस्टले यस समरमा १३ औं खेलाडीको रुपमा उनलाई अनुबन्ध गरेको हो।
यस्तै फरेस्टले क्रिस्टल प्यालेसबाट मिडफिल्डर चेखोउ कौयातेलाई पनि अनुबन्ध गरेको छ ।
फरेस्टले उनलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । उनी फरेस्टले यस सिङ अनुबन्ध गरेको १४ औं खेलाडी हुन् ।
