काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलान र इन्टर मिलानले विजयी सुरुआत गरेका छन् ।
शनिबार राति भएको खेलमा उडीनेजेलाई ४-२ गोल अन्तरले हराउँदै मिलानले सुखद सुरुआत गरेको हो ।
मिलानको जितमा एन्टी रेबिकले दुई गोल गर्दा थियो हर्नान्डेज र ब्राहिम डियाजले एक एक गोल गरे ।
उडीनेजेका रोड्रिगो र एडम मासिनाले एक एक गोल फर्काए ।
जितसँगै मिलानले पहिलो खेलमै ३ अंक जोडेको छ ।
मिलान शीर्ष स्थानमा रहेको छ ।
अर्को खेलमा इन्टरले यू एस लेचीलाई २-१ गोल अन्तरले हराउँदै सुखद सुरुआत गरेको हो ।
इन्टरको जितमा रोमेलु लुकाकु र डेन्जेल डुमफ्रिएसले एक एक गोल गरे ।
लेचीका लागि एसन सिसेले एक गोल फर्काए ।
जितसँगै इन्टरले पनि पहिलो खेलमा ३ अंक ओडेको छ ।
इन्टर तेस्रो स्थानमा रहेको छ ।