काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले बराबरी खेल्दै सिजनको सुरुआत गरेको छ ।
शनिबार राति भएको आफ्नो पहिलो खेलमा बार्सिलोनाले रायो भालेकानोसँग गोलरहित बराबरी खेलेको हो ।
खेल अवधिभर पकड जमाएपनि बार्सिलोनाले गोल गर्न सकेन । भालेकानोले पनि केहि अवसरलाई सदुपयोग गर्न सकेन ।
यस बराबरीसँगै बार्सिलोनाले पहिलो खेलमा १ अंक जोडेको छ ।
भालेकानोले पनि १ अंकबाट सिजनको सुरुआत गरेको छ ।