काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लेस्टर सिटीलाई ४-२ गोल अन्तरले हराउँदै आर्सनलले लगातार दोस्रो जित निकालेको हो।
आर्सनललाई जित दिलाउन गाब्रियल जिससले दुई गोल गरे । ग्रानिट जाका र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे ।
लेस्टरका विलियम सालिबा र जेम्स म्याडिसनले एक एक गोल फर्काए ।

यस जितसँगै आर्सनलले २ खेलमा ६ अंक ओडेको छ ।
आर्सनल लिगको दोस्रो स्थानमा रहेको छ ।
पहिलो हार व्यहोरेको लेस्टर १ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै साउथह्याम्पटन र लिड्स युनाईटेडले २-२ गोलको बराबरी खेलेका छन् ।
ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेलेका छन् ।