काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
शनिबार भएको खेलमा सिटीले बर्नेमाउथलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे ।
बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे ।
खेलको १९ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए।
३१ औं मिनेटमा ब्रुएनले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

खेलको ३७ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा लेर्माले आत्मघाती गोल गरेपछि सिटीले ४-० को जित निकाल्यो ।
यस जितसँगै सिटीले नयाँ सिजन लगातार दोस्रो जित निकालेको छ ।

सिटीले २ खेलमा ६ अंक जोडेको छ ।
सिटी शीर्ष स्थानमा उक्लिएको छ ।
बर्नेमाउथको यो पहिलो हार हो । बर्नेमाउथले २ खेलमा ३ अंक जोडेको छ ।