पहिलो हाफ : साउदी अरेबियाविरुद्ध उरुग्वे १ - ० ले अघि
बुधबार, असार ६, २०७५खेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप फुटबलको दोस्रो खेलको पहिलो हाफमा उरुग्वेले साउदी अरेबियाविरुद्ध १ - ० ले अग्रता बनाएको छ ।
रोस्तोभ एरिनामा उरुग्वेलाई अग्रता दिलाउन लुइस स्वारेजले गोल गरे । उरुग्वेका लागि सयौं खेल खेलिरहेका स्वारेजले २३ औं मिनेटमा गोल गरेका हुन् । उनको यो राष्ट्रिय टोलीका लागि ५२ औं गोल हो ।
यसअघि उरुग्वेले समुह चरणको पहिलो खेलमा मोरक्कोलाई १–० ले हराएको थियो । साउदी अरब आयोजक राष्ट्र रुससंग ५–० ले स्तब्ध भएको थियो ।
अघिल्लो चरण प्रवेशको नजिक पुग्न उरुग्वेलाई जित आवश्यक छ । साउदीलाई समेत खेलमा फर्कन ३ अंक महत्वपुर्ण छ ।














-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)