काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल पुस दोस्रो साताबाट गर्न प्रस्ताव अघि सारेको छ ।
एन्फाको आज बसिरहेको दोस्रो कार्यसमिति बैठकमा 'ए' डिभिजन लिग पुस ८ देखि चैत ४ गतेसम्मको प्रस्ताव भएको सहभागी एक सदस्यले जानकारी दिए । उनका अनुसार निर्णय नभएको कारण मितिमा हेरफेर हुन सक्नेछ।
'ए' डिभिजन लिग सकिए लगत्तै 'बी' डिभिजन लिग सुरु गर्न पनि प्रस्ताव गरिएको छ । 'बी' लिग चैत ६ देखि २०८० को वैशाख १५ गतेसम्मका लागि प्रस्ताव गरिएको हो ।
यस्तै 'सी' डिभिजन लिग २०८० वैशाख १८ गतेबाट जेठ २७ गते सम्म गर्न प्रस्ताव गरिएको छ ।
बैठकमा 'सी' डिभिजन लिग छनोट असोज १ देखि असोज ३० गतेसम्म गर्नेबारे छलफल भएको थियो ।
राष्ट्रिय लिग आगामी कात्तिक १४ देखि मंसिर २९ सम्मको मिति प्रस्ताव गरिएको छ ।