काठमाडौं । इंग्लिस प्रिमियर लिगको नवप्रवेशी टोली फुलहमले डिफेन्डर इसा डिओपलाई अनुबन्ध गरेको छ ।
फुलहमले अर्का प्रिमियर लिग क्लब वेस्ट ह्यामबाट डिओपलाई अनुबन्ध गरेको हो ।
फुलहमले डिओप अनुबन्धका लागि १५ मिलियन पाउण्ड खर्च गरेको छ ।
डिओपले फुलहमसँग ५ वर्षको सम्झौता गरेका छन् ।
२५ वर्षीय डिओप ४ वर्ष वेस्ट ह्याममा बिताएर फुलहम आएका हुन् ।
डिओपले वेस्ट ह्यामका लागि १ सय १९ खेलमा ८ गोल गरेका थिए ।
उनले फ्रान्सको उमेर समूहको टोलीबाट खेलिसकेका छन् ।