काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले मिडफिल्डर मिडफिल्डर फ्रेन्की डी योङ क्लबमै बस्न चाहेको बताएका छन् ।
पछिल्लो समय प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड जाने चर्चा रहेको बेला अध्यक्ष लापोर्टाले भने उनको चाहना बार्सिलोनामै बस्ने रहेको बताएका हुन् ।
'उनी बार्साका उत्कृष्ट खेलाडी हुन् र हामी उनी रहिरहोस् भन्ने चाहन्छौं,' उनले भने, 'उनीसँग प्रस्तावहरू छन् तर हामी उहाँ बसेको चाहन्छौं र उहाँ पनि रहन चाहनुहुन्छ।'
डच मिडफिल्डर अनुबन्धका लागि युनाईटेडले गत महिना नै ६३.५ मिलियन पाउन्डको सहमति जनाईसकेको बताईएको छ ।
२५ वर्षीय मिडफिल्डरले आइतबार राति पुमासविरुद्धको मैत्रीपूर्णमा गोल गरेका थिए ।
मिडफिल्डर डी योङ २०१९ मा आयाक्सबाट बार्सिलोना आएका थिए ।
बार्सिलोनाका लागि उनले १ सय ४० खेल १३ गोल गरिसकेका छन् ।
गत सिजन उनले ४६ खेल खेल्दा ४ गोल र ५ असिस्ट गरेका थिए ।