काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार सुखद सुरुआत गर्यो ।
वेस्ट ह्याम युनाईटेडलाई २-० गोलले हराउँदै सिटीले नयाँ सिजनको सुखद सुरुआत गरेको हो ।
सिटीको जितमा प्रिमियर लिगमा डेब्यु खेलाडी एर्लिङ हालाण्ड नायक बनेका थिए । उनले दुबै गोल गरेका थिए ।
सिटीलाई जित दिलाउन नायक बनेका हालाण्डले खेलपछि यस नतिजालाई टिमले कायम राख्नु पर्ने बताएका छन् ।
'यो राम्रो थियो । राम्रो सुरुआत थियो । भन्नका लागि केहि छैन यो २-० थियो । हामीले यसलाई जारी राख्नु पर्छ,' उनले भने।

सिटीले हालाण्डलाई यसै समरमा बोरुसिया डर्टमण्डबाट अनुबन्ध गरेको थियो । तर, उनले प्रि-सिजनमा आफ्नो खेल देखाउन सकेका थिएनन् ।
हालाण्डले आफु पनि गोल गर्ने कार्यलाई निरन्तरता दिने बताए ।
'अब मैले अन्तिम गोल गरेको लगभग ३० मिनेट भईसक्यो त्यसैले मैले जारी राख्नुपर्छ,' उनले थपे ।