काठमाडौं । चेल्सीका स्ट्राइकर टिमो वेर्नेर जर्मन क्लब आरबी लाइपजिग फर्कने भएका छन् ।
जर्मन स्ट्राइकर दुई सिजन चेल्सीमा बिताएर लाइपजिग फर्कन लागेका हुन् ।
लाइपजिगलाई स्ट्राइकर वेर्नेर बेच्न चेल्सी सहमत भएको बताईएको छ ।
चेल्सीमा नियमित स्थान बनाउन असफल हुँदै आएपछि उनले क्लब छाड्न लागेका हुन् ।
वेर्नेर २०२० मा लाइपजिगबाटै चेल्सी आएका थिए ।
चेल्सी आउनु अघि उनले लाइपजिगका लागि १ सय ५९ खेलमा ९५ गोल र ४० असिस्ट गरेका थिए ।
२६ वर्षीय स्ट्राइकरले ५६ प्रिमियर लिगमा १० गोल गरेका छन् ।