काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा लेस्टर सिटीले बराबरी खेलेको छ ।
आइतबार राति भएको खेलमा लेस्टरले ब्रेन्टफोर्डसँग २-२ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा दुई गोलको अग्रता जोगाउन नसक्दा लेस्टरले बराबरी खेल्नु परेको हो ।
खेलको ३३ औं मिनेटमा टिमोथीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए ।
खेलको ४६ औं मिनेटमा किरनन हलले गोल गर्दै लेस्टरलाई २-० को अग्रता दिलाए ।

तर, खेलको ६२ औं मिनेटमा ब्रेन्टफोर्डका इभान टोनीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा जोस डासिल्भाले गोल गर्दै ब्रेन्टफोर्डलाई २-२ गोलको बराबरीमा ल्याउदै हारबाट जोगयाए ।
यस बराबरीसँगै लेस्टर र ब्रेन्टफोर्डले पहिलो खेलमा १-१ अंक पाएको छ ।