काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड पहिलो खेलमै पराजित भएको छ ।
ओल्ड ट्राफोर्डमा आइतबार भएको खेलमा युनाईटेड ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
ब्राइटनलाई जित दिलाउन पास्कल ग्रोसले दुबै गोल गरे । ब्राइटनका एलेक्सिस एलिस्टरले आत्मघाती गोल गरे ।

खेलको ३० औं मिनेटमा पास्कलले गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाए ।
३९ औं मिनेटमा पास्कलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ६८ औं मिनेटमा ब्राइटनका एलिस्टरले आत्मघाती गोल गरेपनि युनाईटेड २-१ ले पराजित भयो ।
यससँगै युनाईटेडले हारबाट सिजनको सुरुआत गरेको छ । युनाईटेडको मुख्य प्रशिक्षक एरिक टेन हागले पनि सिजनको पहिलो खेलमा हार व्यहोरेका छन् ।
ब्राइटनले भने ३ अंक जोड्दै सिजनको सुखद सुरुआत गरेको छ ।