गोलकिपर नेटो बर्नेमाउथमा
आइतबार, २२ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब बर्नेमाउथले गोलकिपर नेटोलाई अनुबन्ध गरेको छ ।
बर्नेमाउथले आइतबार ब्राजिलियन गोलकिपर नेटोलाई बार्सिलोनाबाट फ्री ट्रान्सफरमा अनुबन्ध गरिएको जनाएको छ ।
३३ वर्षीय गोलकिपरले बर्नेमाउथसँग एक वर्षको सम्झौता गरेका छन् ।
बार्सिलोनामा तीन सिजन बिताएर उनी प्रिमियर लिग आएका हुन् ।
उनले बार्सिलोनाका लागि १२ ला लिगा खेलेका थिए ।
बार्सिलोना आउनु अघि उनले युभेन्ट्स, भ्यालेन्सिया र फियोरेन्टिनाका लागि खेलेका थिए ।
ब्राजिलका लागि उनले एक खेल खेलका छन् ।
गोलकिपर नेटो बर्नेमाउथमा










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
