काठमाडौं । स्पेनिस क्लब सेभियाले मिडफिल्डर इस्कोलाई अनुबन्ध गरेको छ ।
सेभियाले फ्री ट्रान्सफरमा मिडफिल्डर इस्कोलाई अनुबन्ध गरेको हो ।
इस्कोले सिजनको अन्त्यसँगै रियल मड्रिड छाडेका थिए ।
इस्कोले सेभियासँग २ वर्षको सम्झौता गरेका छन् ।
स्पेनिस मिडफिल्डर इस्कोले ९ वर्ष बिताएर रियल छाडेका हुन् ।
३० वर्षीय इस्को २०१३ मा मालागाबाट रियल आएका थिए ।
रियलका लागि इस्कोले ३ सय ५२ खेलमा ५३ गोल गरेका थिए । जसमा ५६ असिस्ट रहेको छ ।
गत सिजन रियलका लागि उनले १३ खेल खेलेका थिए ।
इस्कोले रियलबाट ४ च्याम्पियन्स लिग र ३ ला लिगा जितेका छन् ।
