काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेनिस मिडफिल्डर फाबियन रुइज पेनालाई अनुबन्ध गर्ने भएको छ ।
लिग वान क्लब पीएसजीले इटालियन क्लब नापोलीबाट फाबियनलाई अनुबन्ध गर्ने भएको हो ।
पीएसजी सेन्ट्रल मिडफिल्डर अनुबन्धको नजिक पुगेको बताईएको छ ।
फाबियन अनुबन्धका लागि म्यानचेस्टर युनाईटेडले समेत नजर लगाएको थियो ।
तर, युनाईटेडको प्रस्ताव नापोलीले अस्वीकार गरेको थियो ।
२६ वर्षीय मिडफिल्डर फाबियन बेटिसबाट नापोली आएका थिए ।
नापोलीका लागि उनले १ सय २५ सिरी ए खेलमा १८ गोल गरेका छन् ।
स्पेनका लागि उनले १५ खेलमा १ गोल गरेका छन् ।