प्रिमियर लिगमा आज तीन खेल
आइतबार, २२ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आइतबार तीन खेलहरु हुँदैछन् ।
साविक विजेता म्यानचेस्टर सिटीसहित म्यानचेस्टर युनाईटेड र लेस्टर सिटीको खेल आइतबार रहेको छ ।
सिटीले सिजनको आफ्नो पहिलो खेलमा वेस्ट ह्याम युनाईटेडसँग खेल्नेछ। सिटीको उसैको मैदानमा वेस्ट ह्यामको सामना गर्नेछ ।
सिटी र वेस्ट ह्यामबीचको खेल राति ९:१५ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।
यस्तै युनाईटेडले ब्राइटनसँग खेल्नेछ । ओल्ड ट्राफोर्डममा हुने खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
त्यस्तै अर्को खेलमा लेस्टरले ब्रेन्टफोर्डको सामना गर्नेछ । दुई टोलीबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
प्रिमियर लिगमा आज तीन खेल










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
