काठमाडौं । बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर लिभरकुसेनलाई १-० गोल अन्तरले हराउँदै डर्टमण्डले सुखद सुरुआत गरेको हो ।
डर्टमण्डको जितमा मार्को रिउसले निर्णायक गोल गरे ।
उनले खेलको १० औं मिनेटमा गोल गरेका थिए ।

यस्तै लुकासले इन्जुरी समयमा रातो कार्ड पाएपछि लिभरकुसेन १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै डर्टमण्डले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
लिभरकुसेनले हारबाट सिजनको सुरुआत गरेको छ ।