काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ।
गुडिसन पार्कमा शनिबार राति भएको खेलमा चेल्सीले एभर्टनविरुद्ध १-० गोल अन्तरको साँघुरो जित निकालेको हो ।
चेल्सीको जितमा जोर्गिन्होले निर्णायक गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा जोर्गिन्होले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई तीन अंक दिलाएका हुन् ।

बेन चिलवेललाई एभर्टनका डुकुरेले पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि चेल्सीले पेनाल्टीको अवसर पाएको थियो ।
यस जितसँगै चेल्सीले सिजनको सुखद सुरुआत गरेको छ । चेल्सीले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
एभर्टनले भने हारबाट सिजनको सुरुआत गरेको छ ।
